जुन ५ मा संयुक्त राष्ट्रसंघका महासचिव António Guterres ले संयुक्त राष्ट्र शान्ति स्थापना (UN Peacekeeping) मा उत्कृष्ट योगदान पुर्याएका दुई व्यक्तित्वलाई सम्मानित गरेका छन्।
महासचिव गुटेरेसले भारतकी Major Abhilasha Barak लाई २०२५ सैन्य लैङ्गिक प्रवर्द्धनकर्ता (Military Gender Advocate of the Year) पुरस्कार प्रदान गरेका थिए । शान्ति स्थापना कार्यलाई लैङ्गिक रूपमा उत्तरदायी बनाउन तथा महिला, शान्ति र सुरक्षा (Women, Peace and Security) एजेन्डालाई अगाडि बढाउन उनले देखाएको उत्कृष्ट नेतृत्वको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो। उनी हाल UNIFIL (लेबनानस्थित संयुक्त राष्ट्र अन्तरिम बल) मा कार्यरत छिन ।
त्यसैगरी, जर्मनीकी Inspector Stephanie Königs लाई २०२५ संयुक्त राष्ट्र महिला प्रहरी अधिकृत अफ द इयर (United Nations Woman Police Officer of the Year) पुरस्कार प्रदानगरेका थिए। दक्षिण सुडानस्थित UNMISS को कार्यादेश कार्यान्वयनमा उनले निर्वाह गरेको नेतृत्वदायी भूमिका र उल्लेखनीय योगदानको सम्मानस्वरूप यो पुरस्कार दिइएको हो। उनले सेप्टेम्बर २०२४ देखि मार्च २०२६ सम्म UNMISS मा सेवा दिएकी थिइन्।