पोखरा ,श्रावण २४ गते

नेपाल निजामती कर्मचारी युनियन कास्कीको ९औ जिल्ला अधिबेशनमा, श्रावण २३ गते सम्पन्न भएको  निर्वाचनबाट नेपाल निजामती कर्मचारी युनियन कास्की को अध्यक्ष पदमा केदार सापकोटा विजयी भएका  छन् । उनका  निकटतम प्रतिद्वन्द्वी विनोद  रेग्मी थिए । विजयी भएका केदार सापकोटाले ३ सय २५ मत  प्राप्त गरेका थिए भने प्रतिस्पर्धी विनोद रेग्मी ले  १ सय ६२ मत पाएका थिए ।  सापकोटा ‘२०७१ देखि नेपाल निजामती कर्मचारी युनियन, कास्कीमा सेवा गरिरहेका थिए,आफू अध्यक्ष बन्ने मा पनि निर्वाचन अघि नै उनी ढुक्क थिए।अध्यक्ष केदार सापकोटा का प्रतिद्वन्द्वी विनोद रेग्मी  व्यवसायिक सीप विकास तथा तालिम केन्द्र पोखराका  लेखा अधिकृत हुन्। उनि २०७० बाट निजामती सेवा प्रवेश गरेका थिए । यसअघि उनले म्याग्दीबाट युनियनको केन्द्रीय प्रतिनिधि, मुस्ताङ जिल्ला कार्यसमितिको सहसचिव र गण्डकी प्रदेश कार्यसमिति सचिवको जिम्मेवारी निर्वाह गरिसेका थिए ।नयाँ कार्यसमितिसँगै प्रदेश र केन्द्रीय प्रतिनिधिहरू समेत चयन भएका छन् । त्येस्तै गरेर उपाध्यक्ष मा (खुल्ला): सुमन शर्मा ,उपाध्यक्ष मा  (महिला): रञ्जना पोख्रेल (पौडेल) निर्विरोध,उपाध्यक्ष (समावेशी) मा : नर बहादुर सारु  निर्विरोध,कोषाध्यक्ष मा : दिपक शर्मा पराजुली  निर्विरोध,सह-सचिव मा (युवा): मन्जु सुवेदी  निर्विरोध ,सचिव मा : राजेन्द्र शर्मा निर्विरोध भएका छन् भने नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला), गंगा अधिकारी (महिला)  गरि सबै सदस्यहरु निर्विरोध भएका छन्।  प्रदेश तर्फ  निर्वाचित   प्रतिनिधिहरु मिना कुमारी श्रेष्ठ (महिला तर्फ )  बाट   विषनबहादुर थापा (समावेशी तर्फ ) बाट गरि दुवै जना  निर्विरोध हुनु भएको छ भने सुदिप रेग्मी ,दिनेश चापागाईं,चेतराज आचार्य ,झलकराज पौडेल र काशीराम पौडेल विजयी भएका छन्। प्रदेश प्रतिनिधि भित्रै  पराजित उम्मेदवारहरू मा  अर्जुन लामिछाने ,तेजाखर लम्साल र कृष्णचन्द्र न्यौपाने रहेका छन ।केन्द्रीय प्रतिनिधि तर्फ बाट अर्जुन गुरुङ (समावेशी)  बाट र सीता बराल ढुङ्गाना (महिला)  तर्फ बाट निर्विरोध विजयी भएका छन भने डिल्लीराम रेग्मी ,सूर्यप्रसाद तिवारी,डिल्लीराज सुवेदी,प्रमोद अर्याल र महेन्द्र गुरुङ  विजयी भए  भने सिताराम दाहाल ,रमाकान्त पौडेल,कृष्ण प्रसाद रिजाल र प्रेमप्रसाद रेग्मी पराजित हुन् पुगेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0