पोखरा ,जेठ २४ गते

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखराले  ८ औं विश्व खाद्य स्वच्छता दिवस मनायो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखराकाे सभा कक्षमा विश्व खाद्य स्वच्छता दिवस अन्तरक्रिया कार्यक्रम  गरि मनाएको हो । कार्यक्रम को प्रमुख अतिथी मा  जिल्ला प्रसासन कार्यलय कास्की का सहायक CDO चित्राङ्गत बराल हुनुभएको थियो भने , कार्यक्रम का सभापतित्व  खा. गु. नि. का. का प्रमुख तथा वरिष्ठ खाध्य अनुसान्धन अधिकृत विजन श्रेष्ठले गर्नु भएको थियो  भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखरा का खाध निरीक्षक अशोक गौतम ले कार्यक्रम संचालन गर्नु भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखरा का खाध अनुसान्धान अधिकृत शिवजी बराले ८ बर्ष देखि हामिले विश्व खाद्य स्वच्छता दिवस मनाइरहेका छौँ , हाम्रो कार्यलयले खाद्य सुरक्षा / स्वच्छता मा थप के- के कुरा अघि बढाउन सकिन्छ ? खाद्य सेक्टर बाट अझै थप नयाँ जानकारी आउँछ्न भनेर यो कार्यक्र्म आयोजना गरिएको हो । यो कार्यक्रममा बाहिर बाट के कस्ता कुराहरु आउँछ्न  भनेर कार्यक्रम गरिएको हो , सबैले आ आफ्नै सेक्टर शुद्धता अपनाउने कार्य गर्न सकियो भने खाध स्वच्छता कायम गर्न सकिन्छ , वि. स २०८१ मा बनेको ऐन  मा सबैको उत्तिकै दायित्व भएको ले स्वच्छता को बारेमा सबैले बुझेको तर प्रयोग मा ल्याउन नसके हो भन्दै सबै ले खाद्य स्वच्छता कायम गर्न गराउन यो दिवस ले मद्धत पुर्याउने छ भनी विश्व खाद्य स्वच्छता दिवस को शुभकामना दिनु भएको थियो ।

दिपक कुँवोर ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखरा ले बर्ष भरी विभिन्न कार्यक्रम गरिरहेकै छ ,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखरा ले   चाडपर्व मा मात्रै अनुगमन तथा निरीक्षण गर्ने गर्छ भन्ने धेरै जनमानसमा भ्रम छ , हाम्रो कार्यलय मा यावत धेरै काम गर्नुपर्छ र यो सेक्टरहरु  मा Day To Day काम गरेपनी सकिदैन । हामिले पत्रकारहरु समक्ष  बार्सिक गोष्ठी , त्रैमासिक गोष्ठी गरि विभिन्न चरण मा कार्यक्रम गरिरहेको बताउनु भएको थियो ।विश्व खाद्य स्वच्छता दिवस को सन्दर्भ लाई लिएर हामिले १८ गतेदेखि २४ गतेसम्म तालिका बद्द रुपमा,पत्रकार भेटघाट कार्यक्रम ,कार्यलय वरिपरि सरसफाइ , खाध बजार , डेरि सेक्टर , डेरि सप्ल्लयर्स , सपिङ सेन्टर , स्कुल तथा हस्पिटल क्यानटिन , मन्टेश्वरी क्यानटिन आदिमा तालिम तथा सचेतना गरिएको ,

९० जना स्वास्थ्य स्वयम्सेविकाहरु मार्फत नसर्ने रोगहरु बारे सचेतना कार्यक्रम गरेको ,साथै स्कुलहरुमा सचेतना कार्यक्रम गरेको समेत दिपक कुँवोर ले बताउनु भएको थियो । ब्रामण समाज कास्की  का अध्यक्ष श्री राम  प्रसाद बस्ताकोटि  ले पाँच तत्व ले बनेको हाम्रो शरीर मा अहिले करिब ७०/८० प्रतिशत अस्वच्छ खानपिन को कारण बाट मानव शरीर बिग्रेको छ त्यसले सबले स्वच्छ खानेकुरा उत्पादन गर्न र बिक्रीवितरण गरि उपभोक्ता सामुक्ष खाध पदार्थ खान योग्य बनाउनु पर्छ भन्दै विश्व खाद्य स्वच्छता दिवस को शुभकामना दिनु भएको थियो ।

नेफोस्टा कास्की का सचीव महेश बराल ले पहिला- पहिला जिल्ला प्रशासन कार्यलय को यौटा कोठा बाट खाध पदार्थको अनुगमन निरीक्षण हुने गर्दथ्यो अहिले खाद्य स्वच्छ्ता को विषय मा व्यापक रुपमा प्रचार- प्रसार भैरहेको भन्दै विश्व खाद्य स्वच्छता दिवस को शुभकामना दिनु भएको थियो । लेखनाथ उधोग बाणिज्य संघ का प्रथम उपाध्यक्ष श्री बिक्र्म कर्मचार्य ले खाद्य उत्पादन मा नै पहिला गुणस्तरीय हुनुपर्छ , प्रत्यक्ष जनता सङ्ग जोडिने बस्तु भनेकै खाद्य नै हो , निजि क्षेत्र ले मात्रै खाद्य स्वच्छता कायम गर्न नसकिने भएको ले सरकारि निकायले विशेषगरि ध्यान पुर्याउनु पर्ने हुन्छ । खाध स्वच्छता कायम गराउन उत्पादन कर्ता, उधोगी , व्यसायी ,

वितरक र सरकारि निकाय सबैको जिम्मेवार रहेको हुन्छ भन्दै विश्व खाद्य स्वच्छता दिवस को शुभकामना व्यक्त गर्नु भएको थियो ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश का खाद्य अनुसन्धान अधिकृत श्री कुमार भण्डारी ले ८ औं विश्व खाद्य स्वच्छता दिवस लाइ शुभकामना दिदै सबै यस खाद्य स्वच्छता को सरोकार राख्नेवालाहरु , उत्पादन गर्ने निकायहरु र स्वयम् उपभोक्ताहरु ले खाध पदार्थ स्वच्छ राख्न उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो । साथै उहाँले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश ले प्रदेश स्तरिय ऐन  लाई अगाडि बढाइराखेका छौँ , ऐन  पास भएर आएपछि खाद्य स्वच्छता विषय मा प्रदेश को भुमिका बढ्ने छ र jointly काम गर्दै लाने हो भने खाद्य पदार्थको गुणस्तर बढाउन सकिने बताउनु भएको थियो ।

पोखरा महानगरपालिका कि खाद्य शाखा कि कल्पना बराले स्वच्छ खाध पदार्थ मानव शरीरको लागि जरुरी कुरा हो । कुनै उत्पादित बस्तु / खानेकुरा  उपभोक्ता सामु आइपुग्दा उपभोग गर्ने समयम अघि ती  खानेकुराहरु सफा वातावरण मा नराख्ने र हात राम्रोसँग नधुने हो भने पनि हामीले अस्वच्छ खानेकुरा खाएको सरह हुन जान्छ , हाल उत्पादन गर्ने बिक्रीवितरण गर्ने व्यबसायहरु बढदै गएका छ्न , पोखरा महानगरपालिका ले मात्रै खाधपदार्थ को स्वच्छता अनुसान्धन गर्न नसक्ने अवस्था भएको ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखरा लाई नै सहयोग लिनुपर्ने बताउनु भएको छ , तसर्थ सबै मिलि खाध पदार्थ को स्वच्छता कायम गर्न जोड दिनुपर्ने भन्दै

विश्व खाद्य स्वच्छता दिवस को शुभकामना व्यक्त गर्नुभएको थियो ।पोखरा बिज्ञान तथा प्रविधी क्याम्पस का प्रमुख हरि खनालले सबै क्षेत्र मा Safe Food को आवश्यकता पर्द्छ। त्यसका लागि  Food Handler गर्ने Safe हुनुपर्यो, Government  ले Technical  Supporter राख्नुपर्यो र आम उपभोक्ता ले Food लाई कसरी सुरक्षीत र स्वच्छ बनाउने कुरा मा ध्यान दिनुपर्ने भन्दै ८ औं विश्व खाद्य स्वच्छता दिवस को शुभकामना दिनु भएको थियो । राष्ट्रिय उपभोक्ता मंच कास्की का अध्यक्ष श्री राजेन्द्र लिगल ले यस बर्ष को नारा समय सान्दर्भिक छ ।स्वस्थ जीवन को आधार नै सुरक्षित खाधपदार्थ हो , खाध पदार्थ मा स्व्च्छता भएपनी व्यवहार मा अझै सुधार्न जरुरी आवश्यक रहेको छ , संकास्पद खाध बस्तु भेटिएमा सम्बन्धित क्षेत्रलाई जानकारी गराउनु सबैको उत्तिकै दायित्व रहन्छ ,

तसर्थ स्वच्छ  खाना हाम्रो लागि उपयोगी हुने भएकोले सबै मिलि प्रभावकारी रुपमा अघि बढ्ने प्रण गर्दै ८ औं विश्व खाद्य स्वच्छता दिवस को शुभकामना व्यक्त गर्नु भएको थियो । उपभोक्ता मंच गण्डकी का अध्यक्ष श्री कपिल नाथ कोइराला ले सुरक्षित खानाको ग्यारेन्टी संविधानले नै व्यवस्था गरेको छ , सरकारि कार्यलय मात्रै खाद्य स्वच्छता कायम गर्न सक्दैन , खाद्य स्वच्छता कायम गर्न सरकार ,व्यबसायी , उपभोक्ता स्वयम् सचेत रहनु पर्छ , व्यबसायिहरु सबैले उत्पादित बस्तु को सुरक्षित  भण्डारण का लागि आफैले  प्रयोगशाला राख्ने हो भने धेरै मात्रामा खाध स्वच्छता कायम गर्न सकिन्छ , तिनै तहका सरकार र स्वयम् उपभोक्ता खाध पदार्थ स्वच्छ राख्न जिम्मेवार बन्नुपर्छ र खाध बस्तु नियन्त्रण गर्दा मुल्य मा हलचल ल्याउनु हुदैन भन्दै ८ औं विश्व खाद्य स्वच्छता दिवस को शुभकामना व्यक्त गर्नु भएको थियो ।

REBAN का महासचिव विरेन्द्र शेरचन ले यो दिवस लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखराले सम्झीएको र आजको दिन लाई यसरी मनाइरहेको एकदमै सहारनिय लागेको छ, यो कार्यक्रम ले हामी एकदमै उत्साहित भएको , समय – समय मा खाध स्वच्छता को कार्यक्रम  मा REBAN अघि बढ्दै गएको र street Food मा अझै निगरानी बढाउन तर्फ हामी लाग्नु पर्ने जोड दिदै , ८ औं विश्व खाद्य स्वच्छता दिवस को शुभकामना व्यक्त गर्नु भएको थियो ।पोखरा दुग्ध प्रशोधन व्यबसायी संघ कास्की का अध्यक्ष श्री पुण्य प्रसाद पौडेल ले हामी सबैका Tools हरु भनेका पश्चिमाहरुको आधार मा नै निर्भर छ्न ।दुध कुन बेला शुद्ध हुन्छ ? सबै सरोकारवालाहरु बसेर छ्लफल गर्नुपर्ने छ , पोखरा महानगरपालिका मार्फत सबैपालिका र सरोकारवालाहरु लाई राखेर  अन्तर्कृया गर्न सकियो भने  खाधपदार्थलाई  स्वच्छता  कायम गर्न एक कदम अगाडि बढाउन सकिने भन्दै ८ औं विश्व खाद्य स्वच्छता दिवस को शुभकामना व्यक्त गर्नु भएको थियो ।

होटल व्यबसायी संघ पोखरा का अध्यक्ष श्री लक्षमण सुवेदी ले उक्त कार्यक्रम लाई धन्यवाद दिदै पहिलो  connectivity , आवस र  स्वस्छ खानाको व्यवस्था राम्रो हुनुपर्छ , यौटा पर्यटक ले स्वच्छ खानेकुरा खाँदैमा उस्लाइ नपच्न सक्छ त्यसका लागि होटेल मा प्रयोग गरिने तेल स्वस्थकर हुनुपर्छ , हामिले यो ८ बर्ष को बीच मा खाध स्वच्छता को विषय मा  धेरै कार्यक्रम गरेका थियौ, यो कार्यलय ले हामीलाई खाध पदार्थ को स्वच्छता सम्बन्धि नयाँ जानकारी दिइरहकै छ , त्यसका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखरालाई   पुन :धन्यवाद दिदै ८ औं विश्व खाद्य स्वच्छता दिवस को शुभकामना व्यक्त गर्नु भएको थियो ।  जिल्ला प्रशासन कार्यलय कास्की का सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल ले यो कार्यक्र्म विशेष गरि युवाहरुको लागि महत्त्वपूर्ण छ। विधार्थिहरुले आजै बाट काम शिक्नु पर्छ , संस्सार भरी नै खाधपदार्थ मा स्वच्छता कायम गर्न जरुरी छ ,हाम्रै कारण बाट संसार अस्वस्थ बनाएका छौँ ,

मान्छे बाच्नका लागि अक्सिजन ,घाम , पानी र खानेकुरा गरि यी ४ वटा तत्व महत्त्वपूर्ण हुन्छ , संसार मा नेपाल मात्रै यौटा देश हो जहाँ खाध पदार्थ स्वच्छ खान पाउनु पर्छ यो उपभोक्ता को अधिकार हो भनेर संविधान मा लेखीएको छ , पत्रकारहरु लाई  खाध स्वच्छता को विषय मा कुनै तह तप्का बाट चेतावनी आउँछ भने जिल्ला प्रशासन कार्यलय कास्की त्यसका लागि कारवाहि गर्न तत्पर रहेको बताउँदै ८ औं विश्व खाद्य स्वच्छता दिवस को शुभकामना व्यक्त गर्नु भएको थियो । जि .प्र. का कास्की का प्रमुख नायक उपरीक्षक श्री विरेन्द्र कुमार पासवान ले खाध बस्तु farm to plate सम्म आउँदा डेन्जर Free हुनुपर्छ , quality control  गर्दा Farm मै  Test गर्नुपर्छ , वर्तमान अवस्था मा food बाट धेरै रोगहरु लाग्ने गरेको छ , खाद्य पदार्थ अनुगमन गर्न जादा कहिलेकाहीँ प्रतिसोध उत्पन्न हुने गर्छ,  त्यसका लागि संबेदनशिल भएर काम गर्नुपर्ने मा  जोड दिदै ८ औं विश्व खाद्य स्वच्छता दिवस को शुभकामना दिनु भएको थियो ।

कार्यक्रम को समापन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पाेखरा का प्रमुख तथा वरिष्ठ खाद्य अनुसान्धन अधिकृत विजन श्रेष्ठले “यस वर्ष पनि सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान (From burden to solutions, safe food everywhere)” भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस २०२६ मनाएको हो, भन्दै स्वस्थ जीवनको आधार सुरक्षित र स्वच्छ खाद्य पदार्थ हो ,खाद्य उत्पादन, प्रशोधन, ढुवानी, बिक्री तथा उपभोगका प्रत्येक चरणमा स्वच्छता र गुणस्तरका मापदण्ड पालना गर्नु सबैको साझा जिम्मेवारी हो,उत्पादक, व्यवसायी, सरोकारवाला निकाय र उपभोक्ता सबैले आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह गरेमा मात्र खाद्यजन्य रोगहरू न्यूनीकरण गर्न सकिन्छ।स्वच्छ खाना, स्वस्थ जीवन र सुरक्षित समाज निर्माणका लागि खाद्य स्वच्छताप्रति सचेत बनौं र सबैले आ–आफ्नो दायित्व पूरा गरौं भन्दै  कार्यक्रम मा पाल्नुहुने सबैलाई धन्यवाद दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0