
पोखरा ,जेठ २ गते
गण्डकी प्रदेशमा विषादी खुद्रा विक्रेता तालिमको उद्घाटन
गण्डकी प्रदेशको कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण र स्रोत केन्द्रमा नौ दिनको विषादी खुद्रा विक्रेता इजाजतपत्र तालिमको शुभारम्भ भएको छ। यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रूपमा केन्द्रका प्रमुख श्री वासुदेव काफ्ले ज्युले गर्नुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा कृषकहरूलाई सही र जिम्मेवार तरिकाले विषादी प्रयोग गर्न प्रेरित गर्नुका साथै, खुद्रा विक्रेताहरूलाई आवश्यक इजाजतपत्र प्राप्त गर्न अनिवार्य कदमहरूबारे जानकारी दिनुभएको थियो। । तालिममा गण्डकी प्रदेशका १० जिल्लाबाट कृषकहरू सहभागी भएका थिए , जस अन्तर्गत कास्की बाट १५ जना, नवलपरासी १३,गोर्खा ८,तनहुँ ४, पर्वत ४,बागलुङ २, म्याग्दी २, मुस्ताङ २,लमजुङ ६ र स्याङ्जा बाट ४ जना गरि कुल ६० जना कृषकहरू सहभागी हुनुभएको थियो।
यो तालिम मुख्य रूपले कृषकहरू लाइ विषादी सम्बन्धी सही ज्ञान, सुरक्षित प्रयोग विधि, र कानूनी दायरामा रहन आवश्यक पर्ने नियमावली बुझाउने उद्देश्य राख्दछ। नेपाल सरकारले विषादीको जिम्मेवार प्रयोग सुनिश्चित गर्न उक्त प्रकारका तालिमहरू सञ्चालन गर्दै आएको छ, जसले गर्दा किसानहरू मा जागरूकता बढाउने काम गरिरहेको छ।
, विषादीको अनियन्त्रित र गलत प्रयोगले स्वास्थ्य जोखिम मात्रै होइन, परम्परागत कृषिको स्थिरता समेत खतरामा पर्न सक्छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, विश्वव्यापी रूपमा प्रत्येक वर्ष लाखौं मानिसहरू विषादीको असरबाट प्रभावित हुन्छन्। त्यसैले, जिम्मेवार विक्रेतालाई मात्र विषादी बिक्री अनुमति दिने व्यवस्था अपरिहार्य भएको हो।
यो तालिमले कृषकहरूलाई आत्मविश्वास तर्फ वृद्धि गर्छै, साथै उनीहरूले कानूनी प्रक्रिया पालना गर्न पनि सजिलो हुन्छ। यस किसिमको प्रशिक्षणले किसान समुदायमा नैतिकता र जागरूकता फैलाउन सक्छ।
गण्डकी प्रदेश सरकारले आगामी दिनहरूमा पनि यस्ता तालिमहरूको संख्या बढाउने योजना बनाएको छ। यसले गर्दा स्थानीय स्तरमा विषादीको जिम्मेवार प्रयोग र बिक्री सुनिश्चित हुने मा विस्वास लिन सकिन्छ ।
गण्डकी प्रदेशमा भएको यो विषादी खुद्रा विक्रेता इजाजतपत्र तालिम एक महत्वपूर्ण कदम हो जसले कृषक तथा व्यापारी दुबैको सुरक्षा सुनिश्चित गर्दछ। यस कार्यक्रमबाट प्राप्त ज्ञान र जागरूकता दीर्घकालीन रुपमा कृषि क्षेत्रलाई स्थिरता दिने आधार बन्न सक्ने छ ।

